_______________________________________________________________________________________

डिभिजन वन कार्यालय र मुस्ताङ्ग जिल्ला

तराईको वन संरक्षण र उपयोगमा ल्याउन वि.स. १९९९ मा काठमहल अड्डाको स्थापना गरि वन प्रशासनको कार्य थालनी भएको थियो । त्यस अन्तर्गत तीन सर्कल र १२ वटा वन जाँच अड्डाहरु स्थापना गरिएका थिए । वि.स. २००७ सालको परिवर्तनपछि वन संगठनमा पनि परिवर्तन भई वि.स.२००८ सालमा दुई सर्कल, ११ डिभिजन र ४४ रेन्ज कार्यालय सहित वन विभागको स्थापना भएको थियो । वि.सं. २०३३ सालमा राष्ट्रिय वन योजना लागु भएपछि वन संगठनमा परिवर्तन गरी नौ वटा सर्कल, ४० वटा वन डिभिजन र एक सय ७४ वटा रेन्ज कार्यालय स्थापना गरिएको पाईन्छ । वन्यजन्तु संरक्षण र भू–संरक्षण जस्ता कार्यवन विभागले गदै आएकोमा, कर्मचारीको दरवन्दी मिलान गरि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग वि.स.२०३७ र भूसंरक्षण विभागको स्थापना वि.स. २०३१ सालमा भएको पाईन्छ । वि.सं. २०४० सालमा विकेन्द्रीकरणको भावना अनुरुप ५ वटा क्षेत्रीय निर्देशनालय र आ.व. २०४३÷०४४ मा देशका ७५ वटै जिल्लामा जिल्ला वन कार्यालयहरू स्थापना गरिए । वि.सं. २०४६ को जनआन्दोलन पश्चात्निर्दलीय पंचायती व्यवस्थाको अन्त्यसँगै प्रजातन्त्रको पुनर्वहाली भएपछि वि.सं. २०५० सालमा वन विभागको संगठनमा सामान्य हेरफेर भै मुस्ताङ्ग बाहेक ७४ जिल्लाहरूमा जिल्ला वन कार्यालय, ९२ इलाका वन कार्यालय एवं ६९८ रेञ्ज पोष्टहरू रहने गरी वन विभागको संगठन परिमार्जन भयो । पछिल्लो संरचना अनुसार वन कार्यालय प्रदेश सरकार मातहत आइसकेपछि नेपालभरि ७७ जिल्लामा ८४ वटा डिभिजन वन कार्यालय रहेका छन् । जसमध्ये गण्डकी प्रदेशमा ११ डिभिजन वन कार्यालयहरु स्थापना भएका छन् । मुस्ताङ जिल्लामा मिति २०७५ साल भदौ महिनाको १ गते देखि साविक जिल्ला भूसंरक्षण कार्यालय, मुस्ताङ रहेको स्थानमा डिभिजन वन कार्यालय, मुस्ताङ स्थापना गरिएको छ ।

डिभिजन वन कार्यालय, मुस्ताङको काम, कर्तव्य र अधिकारः 

  • वन जंगलको संरक्षण, संबर्धन, सदुपयोग र व्यवस्थापन
  • वन अतिक्रमण, अवैध कटानी तथा चोरी सिकारीलाई नियन्त्रण गर्ने ।
  • वन पैदावार (काठ, दाउरा, वन्यजन्तु, गैरकाष्ठ वन पैदावर आदि) को संरक्षण र व्यवस्थापन
  • वन सम्वन्धि प्रचार प्रसार, तालिम, क्षमता अभिबृद्धि, आदि
  • वन, वनस्पति, वन्यजन्तु, जैविक विविधता, जलवायू परिवर्तन सम्बन्धि प्रचार प्रसार
  • सरकारी, सार्वजनिक र निजि क्षेत्रमा वृक्षारोपण कार्यक्रम आदि ।
  • तोकिएका वार्षिक कार्यक्रम कार्यान्वयन तथा अनुगमन
डिभिजन वन कार्यालय, मुस्ताङ © 2018 | Design and Developed by : Vision Computer Sewa - ९८४६०८४३१५ | Email: visioncomputersewa@gmail.com